बूढानीलकण्ठकी एक महिलामा देखियो एन्टीबडी ‘पोजेटिभ’, पीसीआर परीक्षण हुन बाँकी



०४ वैशाख २०७७, काठमाडौं

इटलीबाट आएकी ३१ वर्षीया एक महिलाको र्‍यापिड टेस्ट्का क्रममा एन्टीबडी ‘पोजेटिभ’ देखिएको छ ।

उनको पीसीआर विधिबाट परीक्षण हुन भने बाँकी छ । बूढानीलकण्ठ नगरपालिकाले विदेशबाट आएकाहरुको र्‍यापिड डाइग्नोस्टिक टेस्ट् (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण सुरु गरेको थियो ।

त्यसक्रममा उनी आफैँ जाँच गराउन आइपुगेका मेयर उद्धवप्रसाद खरेलले बताए । चैत पहिलो साता आएकी उनले १४ दिन क्वारेन्टाइनमा बसेपछि आफन्तसँग भेटघाट गर्ने गरेको पाइएको छ ।

बुधबार भएको टेस्ट्मा एन्टीबडी ‘पोजेटिभ’ आएपछि पीसीआर विधिबाट परीक्षणका लागि स्वाब संकलन गरी पठाइएको छ ।

|सांकेतिक/फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्