
०३ वैशाख २०७७, काठमाडौं
र्यापिड टेस्ट्मा कोभिड १९ (कोरोना भाइरस) पोजेटिभ देखिएकी पोखराकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ देखिएको छ ।
२७ दिनअघि यूएईबाट फर्किएकी ५५ वर्षीया महिलामा बुधबार र्यापिड टेस्ट् गर्दा कोरोना पोजेटिभ भेटिएको थियो । ती महिला पोखरा–१२ ढिकालेथरकी हुन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको थप परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले बताए ।
|फाइल तस्वीर|





