भारतबाट फर्केका दुई जनाको पीसीआर रिपोर्ट ‘नेगेटिभ’



०३ वैशाख २०७७, काठमाडौं

भारतबाट आएका दुईजनाको र्‍यापिड टेस्ट्मा देखिएको पोजिटिभ रिपोर्ट पीसीआर गर्दा ‘नेगेटिभ’ देखिएको छ ।

धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर प्रविधिबाट जाँच गर्दा उनीहरूमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको हो ।

मंगलबार (हिजो) र्‍यापिड टेस्ट् गर्दा उनीहरूमा कोरोनाभाइरसको एन्टिबडी पोजेटिभ देखिएको थियो । त्यसपश्चात् उनीहरुको स्वाब परीक्षणको लागि धरान पठाइएको थियो ।

उनीहरू गत महिना दिल्लीस्थित निजामुद्दिन तबलिकी जमातमा सहभागी भएर फर्केका थिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्