पोखराकी एक महिलाको आरडीटी रिपोर्ट ‘पोजिटिभ’



०३ वैशाख २०७७, काठमाडौं

पोखराकी एक महिलाको र्‍यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) रिपोर्ट ‘पोजिटिभ’ देखिएको छ ।

यूएईबाट २७ दिनअघि फर्किएकी पोखरा–१२ ढिकालेथरकी महिलाको रगतको नमूना किटबाट परीक्षण गर्दा ‘पोजिटिभ’ रिपोर्ट आएको हो ।

पोखराको १० र १२ नम्बर वडाका ३४ जनाको नमूना परीक्षण गर्दा उनको नतिजा भने पोजिटिभ देखिएको हो ।

दोश्रो पटक परीक्षण गर्दा समेत ‘पोजिटिभ’ देखिएकोले स्वाब परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्