सनसिटीमा बस्ने २९६ जनाको र्‍यापिड टेस्ट्को रिपोर्ट ‘नेगेटिभ’



०३ वैशाख २०७७, काठमाडौं

काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने २ सय ९६ जनामा र्‍यापिड डाइग्नोस्टिक टेस्ट् (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको छ ।

अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्ने एकै परिवारका दुई जनामा संक्रमण देखिएपछि बुधबार (आज) बिहान साढे ९ बजेबाट र्‍यापिड टेस्ट् विधिबाट परीक्षण सुरु गरिएको थियो ।

ब्लक एमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी २ सय ९६ जनाको टेस्ट् गरिएको र उनीहरु सबैको रिपोर्ट ‘नेगेभिट’ आएको कागेश्वरी मनहोरा नगरपालिका प्रमुख कृष्णहरि थापाले बताए ।

सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

|तस्वीरमा सनसिटी। श्रोतः|

प्रतिक्रिया दिनुहोस्