सुदूरपश्चिममा ३,९१७ को नमूना परीक्षण ‘नेगेटिभ’



०३ वैशाख २०७७, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को बढी जोखिम देखिएको सुदूरपश्चिम प्रदेशमा मंगलबार (हिजो)सम्म भाइरसका शंकास्पद ५ हजार ४ सय ६१ व्यक्तिको नमूना संकलन गरिएकामा तीन हजार ९ सय १७ को नतिजा ‘नेगेटिभ’ आएको छ ।

सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले १ हजार ५ सय ३९ को नतिजा आउन बाँकी रहेको बताए । प्रदेशमा ‘आरटिपिसिआर’ र ‘आरडिटी’ पद्धतिबाट कोरोनाका शंकास्पद व्यक्तिको नमूना संकलन भइरहेको छ ।

हिजोसम्म २ हजार ५ सय २० को आरटिपिसीआर पद्धतिबाट गरिएको नमूना संकलनमा ९ सय ७६ को नतिजा नेगेटिभ आएको छ भने १ हजार ५ सय ३९ को नतिजा आउन बाँकी छ ।

सोही पद्धतिबाट नमूना संकलन गर्दा पाँच जनामा कोरोना पोजेटिभ देखिएको यसअघि नै पुष्टि भइसकेको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको कोरोना संक्रमितका ५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको सो अस्पतालले जनाएको छ ।

यस्तै आरडिटी पद्धतिबाट २ हजार ९ सय ४१ को नमूना संकलन भएकोमा सबैको नतिजा नेगेटिभ आएको छ । सोमबार मात्र कोरोना भएको पुष्टि भएकी कैलाली लम्कीचुहा नगरपालिकाकी महिलाको र्‍यापिड टेस्टका लागि रगतको नमूना र स्वाब काठमाडौंबाट आएको टोलीले संकलन गरेको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्