सनसिटीमा आरडीटी विधिबाट कोरोना परीक्षण शुरु



०३ वैशाख २०७७, काठमाडौं

काठमाडौं कोगेश्वरी मनोहाराको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा आरडीटी विधिबाट कोरोना भाइरस परीक्षण शुरु भएको छ ।

सनसिटी अपार्टमेन्टको ब्लक ‘ए’ मा बस्दै आएका दुई जनामा मंगलबार कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएपछि उक्त अपार्टमेन्टमा रहेकाहरुको परीक्षण थालिएको हो ।

ब्लक ‘ए’ मा बस्दै आएका एकै परिवारका तीन जनामा आरडिटीबाट गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको थियो भने पीसीआर विधिबाट गरिएको परीक्षणमा २ जनाको कोरोना पुष्टि भइसकेको छ ।

बुधबार ब्लक ‘ए’ मा रहेका ९० परिवारका २ सय ४३ जनाको परीक्षण थालिएको छ । गत चैत ८ गते सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चुनावमा संक्रमित परिवारका एक सदस्यले सहभागिता जनाएकाले अपार्टमेन्टमा रहेका सबैको परीक्षण थालिएको हो ।

सनसिटी अपार्टमेन्टमा रहेका पाँच वटा ब्लकमा ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

|तस्वीरमा सनसिटी अपार्टमेन्ट्। श्रोतः|

प्रतिक्रिया दिनुहोस्