वायु सेवा निगमको कार्यकारी अध्यक्षमा पूर्व पर्यटन सचिव घिमिरे



०३ वैशाख २०७७, काठमाडौं

सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा सुशील घिमिरेलाई नियुक्त गरेको छ ।

हिजो (मंगलबार) बसेको मन्त्रिपरिषद् बैठकले पूर्व पर्यटन सचिव घिमिरेलाई चार वर्षका लागि निगमको कार्यकारी अध्यक्ष नियुक्त गरेको हो ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा झापाका मदन खरेललाई कार्यकारी अध्यक्ष बनाइएको थियो । पर्यटन सचिव वायु सेवा निगम सञ्चालक समितिको अध्यक्ष रहने व्यवस्थालाई हटाएर खरेरललाई महाप्रबन्धक सुगतरत्न कंशाकारभन्दा एक तह माथि रहने गरी कार्यकारी अध्यक्ष बनाइएको थियो ।

तर खरेलले चार वर्ष कार्यकाल पूरा नगरी माघ २०७६ मा राजीनामा दिएका थिए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्