फेसबूकमा लेख्दै कोरोनाबारे अफवाह फैलाउने एक जना पक्राउ



०३ वैशाख २०७७, काठमाडौं

सामाजिक सञ्जाल फेसबूकमा कोभिड १९ (कोरोना भाइरस)बारे भ्रम फैलाउने सुर्खेतका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरेन्द्रनगर–८, कालुञ्चोक बस्ने धर्मराज आचार्यलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले मंगलबार (हिजो) साँझ पक्राउ गरेको हो । प्रहरीले आचार्यलाई फेसबूकमा ‘सुर्खेतमा पनि कोरोना देखियो, पुष्टि हुन बाँकी’ भन्ने स्टाटस लेखेकाले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गोपाल रायमाझीले आचार्यलाई कारबाही गर्न अनुसन्धान प्रक्रिया अघि बढाइएको जानकारी दिए । प्रहरीले ‘लेकबेँसी नगरपालिका वडा नं १ मा एक जनामा कोरोना देखियो’ भनेर फेसबूकमा पोष्ट गर्ने प्रेम विवश नामक प्रयोगकर्तालाई पनि खोजी गरिरहेको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतका ल्याब इञ्चार्ज ओम आचार्यले कर्णाली प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण फेला नपरेको बताएका छन् । कोरोना भाइरसको महामारी फैलन नदिन र सुरक्षाको यथासक्य प्रयत्न गर्न सरकारले ‘लकडाउन्’ समेत जारी गर्दै आएको अवस्थामा यसबारे अनावश्यक सन्त्रास नफैलाउन सरकारले आनुरोध गर्दै आएको छ ।

सरकारी निर्देशनको अवज्ञा गर्नेमाथि पछिल्लो चरणमा सख्त ढंगले प्रस्तुत हुने सरकारको रवैया देखिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्