
०२ बैशाख २०७७, काठमाडौं
पेप्सीकोलाको सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोभिड १९ (कोरोना भाइरस)को संक्रमण पुष्टि भएको छ ।
एक जनाको भने रिपोर्ट आउन बाँकी रहेको बताइएको छ । उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । सोमबार (हिजो) र्यापिड परीक्षणका क्रममा एन्टीबडी पोजेभिट देखिएपछि पाटन अस्पताल भर्ना गरेर थ्रोट स्वाब संकलन गरिएको थियो ।
उनीहरुमध्ये दुई जनाको रिपोर्ट आएको छ र, कोरोना संक्रमण पुष्टि भएको छ । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
|फाइल तस्वीर|





