
०१ बैशाख २०७७, काठमाडौं
बागलुङकी एक महिलामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।
र्यापिड टेस्ट गर्ने क्रममा ती महिलामा कोरोना भाइरसको संक्रमण देखिएको हो । बागलुङका प्रमुख जिल्ला अधिकारी गौलोचन सैंजूले र्यापिड टेस्ट गर्ने क्रममा बागलुङ काठेखोला गाउँपालिकाकी एक महिलामा कोरोनाको संक्रमण देखिएको जानकारी दिए ।
यद्यपि, ती महिलाको स्वाव पुनःपरीक्षण गरेपछि मात्रै आधिकारिक प्रमाणित हुने उहाँले बताए । उनले यसको पुनःपरीक्षणको लागि पोखरामा पठाउने तयारी भइरहेको बताए ।
आइतबारको र्यापिड टेस्टमा कोरोना पोजेटिभ देखिएकी महिलाको स्वाब आज (सोमबार) पोखरा स्वास्थ विज्ञान प्रतिष्ठानमा पुनःपरीक्षणको लागि पठाइने उनले बताए ।
प्रजिअ सैंजूका अनुसार हिजोदेखि सुरु भएको र्यापिड टेस्टमा कुल ५ सय ८५ जनाको टेस्ट गरिएको थियो । संक्रमित महिलाको परिवारलाई क्वारेन्टाइनमा राख्ने प्रयास पनि सुरु भइसकेको छ ।
संक्रमित महिला तीर्थयात्रामा भारत गएर फर्केकी थिइन् । यसअघि कोरोना संक्रमण पुष्टि भएका दुई जनाको बागलुङमै उपचार भइरहेको छ ।
|फाइल तस्वीर|





