ओखलढुंगाका ४ जनाको कोरोना संक्रमण परीक्षण रिपोर्ट ‘नेगेटिभ’



३० चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) संक्रमण परीक्षणका लागि ओखलढुंगाबाट धरान पठाइएको स्वाबको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको छ ।

जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसनमा रहेका ४ जनाको कोरोना संक्रमण परीक्षण नमूना रिपोर्ट नेगेटिभ आएको हो ।

वैदेशिक रोजगारीबाट दुई हप्ताअघि फर्किएका चिशंखुगढी गाउँपालिकाका दुई र मोलुङ गाउँपालिकाका दुई जनाको स्वाब परीक्षणका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान धरान पठाइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यलयका प्रमुख सुमन तिवारीका अनुसार कतार तथा अन्य मुलुकबाट फर्किएका उनीहरुको दुई हप्ता बितिसकेको भएपनि परीक्षण अनिवार्य भएकाले स्वाब संकलन गरी धरान पठाइएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्