
३० चैत्र २०७६, काठमाडौं
कुवेतमा रहेका ९ जना नेपालीमा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।
शुक्रबार एकैदिन थप ५ नेपालीमा कोरोनाको संक्रमण देखिएपछि त्यहाँ संक्रमित नेपालीको संख्या ९ पुगेको हो ।
यसअघि कुवेतमा ४ जना नेपालीमा कोरोना पोजेटिभ देखिएकोमा अरु ५ जनामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कुवेतमा अहिलेसम्म कोरोना भाइरस संक्रमितको संख्या एक हजार १५४ पुगेको छ भने एक जनाको मृत्यु भइसकेको छ ।
|फाइल तस्वीर|





