म्याग्दी र जाजरकोटका ४७ जनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’



२९ चैत्र २०७६, काठमाडौं

म्याग्दीको सदरमुकाम बेनीमा शनिबार (आज) गरिएको ३३ जनाको कोभिड १९ (कोरोना भाइरस)को ‍र्‍यापिड टेस्ट्को रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

चैत महिनामा वैदेशिक रोजगारीबाट फर्किएका सबै म्याग्देलीको ‍र्‍यापिड टेस्ट् शुरु गरिएको छ ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालका अनुसार तीमध्ये ६ जनाको स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ ।

यसैबीच जाजरकोटका १४ जनाको रिपोर्ट पनि ‘नेगेटिभ’ आएको स्वास्थ्य सेवा कार्यालय जाजरकोटले जनाएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्