
२९ चैत्र २०७६, काठमाडौं
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकामा थप दुई ठाउँमा कोरोनको परीक्षण गर्ने भएको छ ।
शनिबार(आज) स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले काठमाडौं उपत्यकामा वीर र टेकु अस्पतालमा पनि कोरोना परीक्षण हुने जानकारी दिएका हुन् ।
हालसम्म देशभरी ४ हजार ४ सय २६ कोरोनाको नमूना परीक्षण गरिएको पनि उनले जानकारी दिए ।
हाल उपत्यकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण हुँदैछ भने सातैवटै प्रादेशिक अस्पतालमा परीक्षण भइरहेको छ ।
|तस्वीरमा प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|





