कोरोना संक्रमितहरुको अवस्था सामान्य, दुई दिनभित्र आउने अन्तिम रिपोर्ट ‘नेगेटिभ’ देखिए डिस्चार्ज



२९ चैत्र २०७६, काठमाडौं

कोरोना भाइरस (कोभिड–१९)का दुई संक्रमित व्यक्तिको स्वास्थ्य अवस्था सामान्य रहेको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरुको परीक्षणको प्रक्रिया पूरा भएपछि छिट्टै डिस्चार्ज हुने बताए ।

दुई दिनभित्र अन्तिम रिपोर्ट आउने र त्यो रिपोर्ट ‘नेगेटिभ’ देखिएमा डिस्चार्ज गरिने उनले जानकारी दिए । टेकु अस्पतालमा अहिले कोभिड शङ्कास्पद नौ जनाको उपचार भइरहेको छ ।

यीमध्ये दुई जनामा कोभिड पोजेटिभ देखिएको छ भने बाँकी सात जनाको नेगेटिभ छ । तर पनि विभिन्न कारणले गर्दा सात जनालाई अस्पतालमै राख्नुपर्ने अवस्था भएको अस्पतालले जनाएको छ ।

अस्पताललाई कोभिड डेडिकेटेड अस्पताल घोषणा गरिएको छ भने अस्पतालमा हाल पाँच आइसोलेसन र ३० क्वारेन्टाइन कक्ष छन् । २५ आइसोलेसन र २० सघन उपचारकक्ष तयार गर्ने कार्य भइरहेको छ ।

|तस्वीरमा शुक्रराज अस्पताल। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्