
२९ चैत्र २०७६, काठमाडौं
वीरगञ्ज आएर बसेका तीन जना भारतीयमा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरूको स्वाब पुनः परीक्षणका लागि काठमाडौं पठाइएको छ ।
वीरगञ्ज २ छपकैयाको एक मस्जिदमा बसिरहेका २४ जना भारतीयको समूहबारे स्थानीयवासीले खबर गरेपछि प्रशासनले उनीहरूको स्वाब परीक्षण गर्ने व्यवस्था मिलाएको हो ।
नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सकको टोलीले उनीहरूको स्वाब निकालेर हेटौंडास्थित प्रयोगशालामा पठाएको हो । “उनीहरुलाई खोकी पनि देखिएको छ । हामीले अहिले अस्पतालकै आइसोलेसनमा राखेका छौं ।” अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदनकुमार उपाध्यायले भनेका छन्, ‘बाँकी २१ जनालाई क्वारेन्टाइनमा पठाएकाछौं ।’
हेटौंडा प्रयोगशाला स्रोतका अनुसार ती तीन जनालाई कोरोना भाइरसको संक्रमण शंकास्पद देखिएकाले स्बाव काठमाडौं पठाइएको हो । नयाँदल्ली र उत्तरप्रदेशका उनीहरू धर्म प्रचारको क्रममा नेपाल आएका बताइएको छ ।
|फाइल तस्वीर|





