‘लकडाउन्’ हटाउन हतार गरे स्थिति झनै भयावह बन्न सक्छ : विश्व स्वास्थ्य संगठन



२९ चैत्र २०७६, काठमाडौं

विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अदोनम गिब्रियससले कोरोना संक्रमण रोकथाम गर्न लगाइएको ‘लकडाउन्’ हतारमा हटाइए स्थिति झनै भयावह हुने चेतावनी दिएका छन् ।

‘लकडाउन्’ अन्त्य गर्नेबारे संसारभरका मुलुकहरु सतर्क रहनुपर्ने उल्लेख गर्दै अदोनमले अहिलेकै अवस्थामा यसलाई अन्त्य गरे संक्रमणका कारण कैयौं मानिसहरुले ज्यान गुमाउने अवस्था आउनेतर्फ सचेत गराएका हुन् ।

जेनेभामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अदोनानले भने, “हामीले ‘लकडाउन्’का कारण भएको समस्या कम गर्न विश्वभरका सरकारहरुसँग काम गरिरहेका छौं । तर यसलाई हटाउन हतारो गर्नु हुँदैन, जल्दबाजी गरेर ‘लकडाउन्’ हटाए विश्वभर यसका कारण मर्नेको संख्या निकै बढ्नेछ ।”

गत ३१ डिसेम्बरका दिन चीनको वुहानमा देखिएको कोरोना भाइरस हाल विश्वका २०० भन्दा बढी देशहरुमा फैलिएको छ ।

|तस्वीरमा संगठनका प्रमुख। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्