चिकित्साकर्मी तथा स्वास्थ्यकर्मीको तलब कट्टी गरिएको छैन : स्वास्थ्य मन्त्रालय



२८ चैत्र २०७६, काठमाडौं

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना रोकथाम तथा नियन्त्रण कोषमा स्वास्थ्यकर्मीको तलब कट्टी नगरिएको जानकारी दिएको छ ।

शुक्रबार (आज) नियमित कोरोना ब्रिफिङमार्फत् मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले चिकित्सक र स्वास्थ्यकर्मीको तब कट्टी नगरिएको जानकारी दिएका हुन् ।

गत ११ चैत्रको मन्त्रिपरिषद् बैठकले विभिन्न तहका कर्मचारीले ३ देखि ७ दिनसम्मको तलब कट्टी गरेर कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा राखिदिनुपर्ने निर्णय गरेको थियो ।

तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीको तलब कट्टी गर्ने निर्देशन जारी नगरेको डा. देवकोटाले जानकारी दिए । मन्त्रिपरिषद्को उक्त निर्णयको चौतर्फी आलोचना भएको थियो ।

|तस्वीरमा मन्त्रालयका प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्