आजबाट विराटनगरमा पनि कोरोना परीक्षण



२८ चैत्र २०७६, काठमाडौं

शुक्रबार (आज)बाट प्रदेश नं. १ को राजधानी विराटनगरमा पनि कोरोना संक्रमण परीक्षण हुने भएको छ ।

प्रदेश १ सरकारले विराटनगरमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि स्थापना गरेको अस्पतालबाट नै कोरोना परीक्षण हुने बताइएको छ । कोशी अस्पतालको शाखाको रुपमा स्थापना भएको कोरोना विशेष अस्पतालबाट परिक्षण हुन लागेको हो ।

परीक्षणका लागि आवश्यक रिएजेन्ट किटसहित काठमाडौंको वीर अस्पतालबाट प्रविधि विज्ञसहितको टोली बिहीबार (हिजो) नै विराटनगर पुगेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय जनाएको छ ।

यसअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मात्र कोरोना परीक्षण हुँदै आएको थियो ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्