७० जनाको नमूना परीक्षण, सबै रिपोर्ट ‘नेगेटिभ’



२८ चैत्र २०७६, काठमाडौं

मकवानपुर जिल्लाको हेटौँडामा हालै सञ्चालन गरिएको प्रयोगशालामा हालसम्म ७० जनाको नमूना परीक्षण गरिएको छ ।

परीक्षण गरिएको सबै रिपोर्ट नेगेभिट आएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । हेटौंडाको प्रयोगशालामा प्रदेश नं. २ का बारा र पर्सा जिल्ला तथा बागमती प्रदेशका सिन्धुलीलगायतका जिल्लाबाट कोरोना आशंका लागेका व्यक्तिको नमूना परीक्षण गर्ने गरिएको छ ।

हेटौंडाको प्रयोगशालामा परीक्षण गरिएकामध्ये २० प्रतिशतको नमूना काठमाडौंको प्रयोगशालामा पुनः परीक्षण गरिएकोमा पनि सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको हो ।

प्रयोगशालामा नमूना परीक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक नारायणबहादुर कार्कीको नेतृत्वमा ५ जनाको टोली परिचालन गरिएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्