स्वास्थ्य उपकरण ल्याउन ५ देशलाई पत्राचार



२६ चैत्र २०७६, काठमाडौं

कोभिड–१९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य उपकरण खरिद गर्न सेनाले पाँच मुलुकलाई परराष्ट्र मन्त्रालयमार्फत् पत्राचार गरेको छ ।

नेपालले चीन, भारत, दक्षिण कोरिया, सिंगापुर र इजरायललाई पत्र पठाएको बताइएको छ । सेनाले नेपालमा रहेका विदेशी राजदूतावासका सैनिक सहचारी र नेपालको विदेशस्थित दूतावासमा रहेका आफ्ना सैनिक सहचारीमार्फत् स्वास्थ्य सामग्रीको अवस्थाबारे जानकारी लिएको थियो ।

सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले नेपालको आवश्यकता र ती मुलुकमा पाइने स्वास्थ्य सामग्री हेरेर पत्र पठाइएको बताए ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्