क्वारेन्टाइनमा १३४ जना छन् : स्वास्थ्य मन्त्रालय



२६ चैत्र २०७६, काठमाडौं

हालसम्म नेपालमा क्वारेन्टाइनमा १३४ जना रहेको छन् ।

सो कुराको जानकारी बुधबार (आज) स्वास्थ्य मन्त्रालयद्वारा दैनिक रुपमा आयोजित पत्रकार सम्मेलनमार्फत् स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले गराएका हुन् ।

राजधानीभित्र १२ वटा र राजधानीबाहिर १२२ जना गरी क्वारेन्टाइनमा जम्मा १३४ जना रहेको उनले बताए ।

यस्तै ८,५८० जना आइसोलेसनमा रहेका पनि उनले जानकारी दिए ।

|तस्वीरमा प्रवक्ता देवकोटा। सौजन्यः नेपाल टेलिभिजन|

प्रतिक्रिया दिनुहोस्