कोरोना संक्रमित व्यक्ति भेटिएको भनी अफवाह फैलाउने युवक पक्राउ



२६ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)संक्रमित व्यक्ति भेटिएको भन्दै अफवाह फैलाउने एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सामाजिक सञ्जाल फेसबूकमार्फत् टीकापुर नगरपालिका—१ ब्लक नम्बर १० मा कोरोना भाइरस संक्रमित व्यक्ति भेटिएको भनी गलत प्रचार गर्ने सोही नगरपालिका—२ का पवनकुमार भट्टराईलाई मंगलबार (हिजो) रााति जिल्ला प्रहरी कार्यालय कैलालीले ती युवालाई पक्राउ गरेको त्यहाँका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।

आफ्नो फेसबूक ह्याण्डलमार्फत् “कोरोना भाइरसको सङ्क्रमित टीकापुर नगरपालिका– १ ब्लक नं. १० मा भेटियो” भनी पोष्ट गरेर आम नागरिक माझ सन्त्रास फैलाएको देखिएकाले आवश्यक कानूनी कारबाहीका लागि भट्टराईलाई नियन्त्रणमा लिएको उपरीक्षक बस्नेतको भनाइ छ ।

सो विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

|प्रतिकात्मक तस्वीर|

प्रतिक्रिया दिनुहोस्