पाकिस्तानमा ५० भन्दा बढी डाक्टर पक्राउ



२६ चैत्र २०७६, काठमाडौं

पाकिस्तानमा पुलिसले क्वेटामा कम्तीमा ५० जना डाक्टरलाई पक्राउ गरेको छ ।

यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीआइ)को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए ।

पुलिसले डाक्टरको विरोध प्रदर्शनलाई जबर्जस्ती रोक्न कोसिस गरेको आरोप लगाइएको छ । मंगलबार (हिजो) डाक्टरहरु यसको विरोधमा उत्रिएका थिए ।

दक्षिण एशियामा भारतपछि पाकिस्तानमा कोरोनाभाइरसको संक्रमण बढी फैलिएको छ । पाकिस्तानमा अहिलेसम्म कोरोनाभाइरसका ३ हजार ८ सय संक्रमित भेटिएका छन् । एजेन्सीको सहयोगमा–

|प्रतिकात्मक तस्वीर|

प्रतिक्रिया दिनुहोस्