
२५ चैत्र २०७६, काठमाडौं
९ चैत्रदेखि रोक लगाइएको अन्तर्राष्ट्रिय उडान सेवालाई सरकारले २८ बैशाखसम्मको लागि लम्ब्याएको छ ।
उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वको कोभिड १९ (कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको मंगलबार (आज) बसेको बैठकले यस्तो निर्णय गरेको समितिका प्रवक्ता नारायण प्रसाद विडारीले बताए ।
यो निर्णयले कमर्सियल उडानलाई रोक लगाएको छ । तर, उद्धार, मेडिकल लगायत मानवीय सहायता सम्बन्धी चार्टर र कार्गो उडान भने सञ्चालन हुनेछन् ।
|तस्वीरमा उच्चस्तरीय बैठक। फाइल तस्वीर|





