न्यूयोर्कमा कोरोना : भरिए शवगृह, नयाँ बनाउने तयारी



२५ चैत्र २०७६, काठमाडौं

न्यूयोर्कमा कोभिड १९ (कोरोना भाइरस)सबाट मृत्यु हुनेको संख्या झण्डै ११ हजार पुगेको छ ।

त्यहाँ सबैभन्दा धेरै संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकाकै धेरै हो । शवदाह गर्न पालोमा राख्नुपर्ने अवस्था भएपछि मृत्यु हुनेको शव लाइनमा राखिएको छ ।

न्यूयोर्क सिटीका अधिकारीहरुले तत्कालका लागि सार्वजनिक स्थानहरुमा शव राख्ने ठाउँ बनाउने बताएका छन् । सिटीका मेयर बिल दे ब्लाजियोले सिटीस्थित अस्पतालहरुका शवगृह भरिएका कारण अब सार्वजनिक ठाउँमा शव राख्ने बताएका न्यूयोर्क टाइम्सले जनाएको छ ।

टाइम्ससँग उनले भनेका छन्, ‘हामी अत्यन्तै प्रतिकूल अवस्थामा छौँ । अझै समस्या थपिदै गएको छ । हामीसँग ठूलो मात्रामा शवगृह उपलब्ध छन् । त्यसले धान्ने अवस्था छैन । हामी मृतकका परिवारसँग मिलेर नयाँ विकल्पका विषयमा सोच्दैछौं ।’

सिटी काउन्सिल हेल्थ कमिसनका प्रमुख मार्क डि लेभिनले सार्वजनिक पार्कहरुमा अल्पकालीन शवगृह बनाउने बताएका छन् । मेयर ब्लाजियोले भने पार्कमा शवगृह बनाउने कुरा अस्वीकार गरेका छन् ।

मेयर ब्लाजियोले सिटीले ब्रोङ्स स्थित हार्ट आइल्याण्डमा शव राख्ने व्यवस्था मिलाउने संकेत गरेका छन् । न्यूयोर्कमा झन्डै १ लाख संक्रमित र चार हजार जनाले ज्यान गुमाएका छन् । एजेन्सीको सहयोगमा-

|तस्वीरमा न्यूयोर्कको शवगृह। श्रोतः न्यूयोर्क टाइम्स|

प्रतिक्रिया दिनुहोस्