कपिलवस्तु अस्पतालमा एकको मृत्यु, कोरोना परीक्षण रिपोर्ट आउन बाँकी



२५ चैत्र २०७६, काठमाडौें

कपिलवस्तु अस्पतालको आइसोलेसन वार्डमा गएराति एक जनाको मृत्यु भएको छ ।

मृत्यु भएको विजयनगर गाउँपालिका २ का ३० वर्षीय गोवर्धन भर रहेको र उनको कोरोना परीक्षण रिपोर्ट आउन बाँकी रहेको अस्पतालले जनाएको छ ।

मृतक भरलाई कोरोना भाइरसको लक्षण देखिएपछि ३ दिनदेखि आइसोलेसन वार्डमा उपचार गरिँदै आएको थियो । मृतक भर क्षयरोगको बिरामी समेत थिए ।

क्षय रोगको लामो बिरामी, निमोनिया र फोक्सोमा समस्याका कारण उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको स्वाब परीक्षणका लागि नमूना संकलन गरी पठाइएको छ ।

|तस्वीरमा कपिलवस्तु अस्पतालको वार्ड। श्रोतः|

प्रतिक्रिया दिनुहोस्