२४ चैत्र २०७६, काठमाडौं
कोेरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि गोरखाको सिरानचोक गाउँपालिका वडा नं. ७ ले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउन थालेको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई सोही दिन घर फर्काउन थालेको हो ।
समितिले आज (सोमबार)देखि गाउँमा आएका पाहुनालाई कि १४ दिन क्वारेन्टाइनमा राख्ने वा बस्न नचाहे आएकै दिन फिर्ता पठाउन थालिएको वडाध्यक्ष सुरज ढकालले बताए ।
पालिकाभित्र कोरोना भाइरसको सम्भावित जोखिम कम गर्न १४२ वटा टोल प्रतिकार्य समिति गठन गरिएको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।





