विज्ञहरु भन्छन्,-‘कोरोना भाइरस मानव शरीरमा वर्षौंदेखि थियो, अहिले आएर घातक बन्यो’



२४ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) मानव शरीरमा वर्षौंदेखि रहेको हुन सक्ने विज्ञहरूले दावी गरेका छन् ।

अहिले विश्व नै यसविरुद्धको लडाइँमा सरिक छ । यसले ६९ हजार ४७४ जनाको ज्यान लिइसकेको छ । चीनको वुहानमा वन्यजन्तु बेच्ने एब बजारमा चमेरोबाट मानिसमा पहिलोपटक सरेको भन्ने षड्यन्त्र सिद्धान्त व्यापक चलेको छ ।

तर अग्रणी वैज्ञानिकहरूले त्यस सिद्धान्तमाथि शंका व्यक्त गरेका छन् । भाइरस मानिसमा महिनौं वा वर्षौंअघि प्रवेश गरेको हुन सक्ने र शरीरमा अनुकूलन हुँदै जाँदा त्यो थप खतरनाक बनेको उनीहरूको दावी छ ।

“मानवहरूमा यो भाइरस केही समयदेखि नै छ जस्तो लाग्छ ।” सरुवा रोग विशेषज्ञ इयन लिपकिनले सीएउनलाई भनेका छन् । उनी अमेरिकामा रहेको कोलम्बिया मेलम्यान स्कूल अफ पब्लिक हेल्थमा आबद्ध छन् ।

‘कति लामो समयदेखि थियो ? हामीले ठ्याक्कै भन्न सक्दैनौं । त्यो महिनौंदेखि वा वर्षौंदेखि रहेको हुनसक्छ ।’ उनले भने । नेचर मेडिसिन म्यागजिनमा हालै छापिएको एक अध्ययन निष्कर्षले पनि मानिसले थाहा नपाइकन भाइरसले निकै अघिदेखि संक्रमण गरेको हुन सक्ने बताएको छ ।

भाइरसले आफूलाई अनुकूलन गरेर थप संक्रामक बनेको र कालान्तरमा ज्यानमारा बनेको सिद्धान्त हो । ‘केही महिनाअघि यो विस्फोट भएर भयावह रूप लिएको मात्र हो । यसअघि पनि यो हलुका विस्फोट भएको हसन सक्छ । हामीले पत्ता लगाउन नसकेको मात्र हा ।’ उक्त अध्ययनका अध्येता प्राध्यापक रोबर्ट गेरीले बताए ।

उनी टुलेन युनिभर्सिटी स्कूल अफ मेडिसनका प्राध्यापक हुन् । एजेन्सीको सहयोगमा–

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्