साउदी अरबमा ४ नेपाली ‘कोरोना संक्रमित’



२३ चैत्र २०७६, काठमाडौं

साउदी अरबमा कार्यरत ४ नेपाली कामदार कोभिड १९ (कोरोना भाइरस)बाट संक्रमित भएका छन् ।

साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रसिंह राजपुतले ४ जना नेपाली संक्रमित भएको पुष्टि गरे ।

‘हामीलाई साउदी सरकारले ४ जना नेपालीलाई पोजिटिभ देखिएको विवरण आइतबार उपलब्ध गराएको छ ।” उनले भने, ‘उनीहरुको स्वास्थ्य अवस्था सामान्य नै छ ।’

ती नेपाली साउदी अरब कुन प्रान्तमा कार्यरत थिए भन्ने खुलाइएको छैन । उनले स्वदेशी र विदेशी कामदारबीच उपचारमा कुनै विभेद नगरिएको बताए ।

प्रतिक्रिया दिनुहोस्