२१ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस) संक्रमति बागलुङकी १९ वर्षीया युवतीको परिवारका सबै सदस्यको नमूना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
गत मंगलबार संक्रमित युवतीको परिवारका सातजना सदस्यसहित ११ जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाइएको थियो ।
संक्रमित युवतीको परिवारको सदस्यको रिपोर्ट बिहीबार आएको थियो भने हजुआमाको रिपोर्ट शुक्रबार मात्रै आएको धौलागिरी अञ्चल अस्पतालका डा. प्रदीप श्रेष्ठले जानकारी दिए ।
ती युवतीसँगै बेज्लियमबाट आएकी ६५ वर्षीया महिलामा पनि बिहिबार कोरोाना संक्रमणको पुष्टि भएको थियो । उनलाई लिन काठमाडौंसम्म लिन गएका उनका ज्वाइँको पनि कोरोना परीक्षण रिपोर्ट नेगेटिभ नै बताइएको छ ।
बाग्लुङबाट हालसम्म परीक्षणमा पठाइएका १३ मध्ये ११ जनाको कोरोना नमूना परीक्षण नेगेटिभ छ भने, दुई जनामा पोजेटिभ देखिएको छ । उनीहरु दुवैजना बेल्जियमबाट कतारको दोहा हुँदै नेपाल आएका थिए ।
|फाइल तस्वीर|