वीपी प्रतिष्ठानमा परीक्षण गरिएको कोरोना रिपोर्ट सबै ‘नेगेटिभ ‘



२१ चैत्र २०७६, काठमाडौं

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना भाइरस (कोभिड–१९)को आशंकामा परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिष्ठानमा कोरोना परीक्षणको प्रयोगशाला सुरु भएसँगै हालसम्म गरिएका २४ जना बिरामीको स्वाब परीक्षण नेगेटिभ आएको हो । प्रदेश १ का विभिन्न जिल्लाबाट संकलन गरिएको कोरोना संक्रमणको नमूना परीक्षण गरिएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।

उनका अनुसार प्रतिष्ठानमा दैनिक १२ जनाको नमूना परीक्षण भइरहेको छ । परीक्षण गरिएको स्वाबको रिपोर्ट आउन १० देखि १२ घण्टा सम्म समय लाग्ने डा. ऐरले बताए ।

प्रतिष्ठानमा कारोना रोगको परीक्षण सूचारु भएसँगै प्रदेश १ र २ बाट नमूना परीक्षणका लागि आउने गरेको प्रतिष्ठानका निर्देशक डा. गौरीशंकर शाहले बताए ।

प्रतिक्रिया दिनुहोस्