
२० चैत्र २०७६, काठमाडौं
नेपालमा थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बिहीबार (आज) स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित कोरोना ब्रिफिङ्गमा सो कुराको जानकारी गराएका हुन् ।
उनी गत ४ चैत्रमा कतारको दोहा हुँदै कतार एयरवेजको विमान क्यूआर ६५२ बाट नेपाल आएको प्रवक्ता देवकोटाले जानकारी दिए ।
उनीसँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या छ पुगेको छ ।





