
२० चैत्र २०७६, काठमाडौं
सरकारले बिरामी भर्ना गर्न आनाकानी गर्ने निजी अस्पताल र मेडिकल कलेजलाई कारबाही गर्ने भएको छ ।
समयमा उपचार नपाउने र गलत उपचारबाट बिरामीहरुको मृत्यु भएको खबर सार्वजनिक भएपछि सरकारले कडा कारबाहीको नीति लिने भएको हो ।
कोरोना भाइरसको जोखिम भन्दै निजी अस्पताल र मेडिकल कलेजहरुले अहिले विरामी भर्ना र नियमित चेकजाँचमा आनाकानी गर्दै आएका छन् ।
उनीहरुले चिकित्सक नभएको बहाना गर्दै आएका छन् । कोरोना जोखिम भन्दै निजी अस्पतालका डाक्टर र स्वास्थ्यकर्मीहरु उपचारमा सहभागी हुन आनाकानी गरिरहेका छन् ।
कतिपयले राजीनामा दिएर घर बसेको भेटिएको छ । विशेषगरी काठमाडौं उपत्यकाका निजी अस्पतालहरुमा डाक्टरहरु घर बसेका छन् ।
संकटको घडीमा उपचार गर्नुपर्ने अवस्थामा डाक्टरहरु लुक्न थालेपछि चिकित्सकहरुप्रति नकारात्मक धारणा बन्न थालेको छ ।
|फाइल तस्वीर|





