यी हुन्, ‘कोरोना’सम्बन्धी उपचार गर्न सकिने अस्पतालहरु



१९ चैत्र २०७६, काठमाडौं

सरकारले कोभिड १९ (कोरोना भाइरस)सम्बन्धी उपचार गर्न सकिने देशैभरका अस्पतालको सूची सार्वजनिक गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूचीमा काठमाडौंमा शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल रहेको छ ।

यस्तै प्रदेशहरूका अस्पताल पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।

प्रदेश नं. १
–मेची अस्पताल
–उदयपुर अस्पताल

प्रदेश नं. २
–जनकपुर अस्पताल
–बारा अस्पताल

प्रदेश नं. ३
–भक्तपुर अस्पताल
–सिन्धुली अस्पताल

गण्डकी प्रदेश
–धौलागिरी अस्पताल
–गोरखा अस्पताल

प्रदेश नं. ५
–लुम्बिनी अस्पताल
–तम्घास अस्पताल

कर्णाली प्रदेश
–सुर्खेत अस्पताल
–दैलेख अस्पताल

सुदूरपश्चिम प्रदेश
–सेती अस्पताल
–महाकाली अस्पताल

|तस्वीरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्