सार्क देशहरुमा कोरोना : ३,९६४ लाई संक्रमण, ६४ को मृत्यु



१९ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)बाट दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) देशहरुमा ३ हजार ९ सय ६४ संक्रमित भएका छन् ।

यसैगरी कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या ६४ पुगेको छ । कोरोना सबैभन्दा धेरै पाकिस्तानमा १ हजार ८ सय ६५ जनालाई भएको छ । त्यसपछि सबैभन्दा धेरै भारतमा १ हजार २ सय ५१ जनालाई कोरोना संक्रमण भएको छ ।

कोरोना संक्रमित पाकिस्तानमा धेरै भए पनि मृत्यु भने भारतमा धेरैको भएको छ । पछिल्लो विवरणअनुसार भारतमा ३२ जनाको मृत्यु भएको छ भने पाकिस्तानमा २५ जनाको मृत्यु भएको छ ।

यस्तै बंगलादेशमा ५१ जनालाई कोरोना संक्रमण भएको पुष्टि भएको र ५ जनाको मृत्यु भएको छ । उता अफगानिस्तानमा १ सय ७४ जनामा संक्रमण पुष्टि भएको छ भने ४ जनाको मृत्यु भएको छ ।

यसैगरी श्रीलंकामा १ सय ३२ जनालाई कोरोना संक्रमण भएको र २ जनाको मृत्यु भएको छ । त्यस्तै यता नेपालमा ५, माल्दिभ्समा १८ र भुटानमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्वभर भने ८ लाख ३ हजार १ सय ८७ जनालाई कोरोना संक्रमण भएको छ । यस्तै ३९ हजार ३४ जनाले यसकै कारण ज्यान गुमाएका छन् ।

|तस्वीरमा कोरोना रोकथामका निम्ति सार्क देशहरुबीच भएको भिडिओ कन्फेरेन्स्। श्रोत|

प्रतिक्रिया दिनुहोस्