पूर्वराजा ज्ञानेन्द्रले ‘कोरोना राहत कोष’मा दुई करोड जम्मा गर्ने



१८ चैत्र २०७६, काठमाडौं

सरकारले स्थापना गरेको ‘कोरोना भाइरस रोकथाम कोष’लाई पूर्वराजा ज्ञानेन्द्र शाहले २ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन् ।

उनले आज एक विज्ञप्ति जारी गर्दै सहयोगबारे जानकारी दिएका हुनन् । उक्त रकम सरकारी खातामा जम्मा हुने गरी हिमानी कोषलाई दिइएको शाहले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

“दुःख, कष्ट र आपत् विपत्को यो घडीमा सबैका साथमा साथ दिँदै हाम्रो तर्फबाट हिमानी कोषलाई रू २ करोड दिई नेपाल सरकारको कोरोना भाइरस संक्रमण, रोकथाम, नियन्त्रण र उपचार कोष’मा दाखिला गर्न बुझाएका छौं । यस कार्यले पनि केही सहयोगी भूमिका रहने विश्वास लिएका छौं ।” विज्ञप्तिमा भनिएको छ ।

यसैगरी पूर्वराजा शाहले राहत राहत, उद्धार र व्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्र सरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भइरहेको बेलामा यसको प्रसंसा गर्दै यसलाई अझै प्रभावकारी बनाउनसमेत अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्