
१८ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस)को संक्रमण देखिएका चारै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी छ ।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारत दुवैजनाको अवस्था सामान्य नै रहेको अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले बताए ।
टेकुमा फ्रान्सबाट गत ४ चैत्रमा नेपाल आएकी र ६ चैत्रमा दुबइबाट आएका एक युवकको उपचार भइरहेको छ ।
यसैगरी कैलालीको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक अस्पतालमा उपचाररत एक युवकको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालका प्राध्यापक डा. जगदीश जोशीले जानकारी दिएका छन् । उनी पनि गत ६ चैत्रमै दुबइबाटै आएका थिए ।
त्यस्तै गत ४ मै बेल्जियमबाट नेपाल आएकी बागलुङकी १९ वर्षीया युवतीको पनि स्वास्थ्य अवस्था सामान्य रहेको अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र विके पोखरेलले बताए ।
|फाइल तस्वीर|





