कोरोना संक्रमितसँगै नेपाल आएका सोलुखुम्बुका दुईजनाको परीक्षण रिपोर्ट ‘नेगेटिभ’



१८ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) संक्रमितसँगै नेपाल आएका सोलुखुम्बुका दुईजनाको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।

कोरोना संक्रमणको आशंकामा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परिक्षणमा मगंलबार (आज) ‘नेगेटिभ’ रिपोर्ट आएको जिल्ला अस्पतालका निमित्त प्रमुख सानी शेर्पाले बताइन् ।

कतार एयरवेजवाट गत ४ चैत्रमा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका सोलुदुधकुण्ड नगरपालिका ९ गोराखानीका एक युवा र ५ चैत्रमा यूएईबाट नेपाल आएकी सोलुदुधकुण्ड ११ तिङलाकी एक युवतीको रिपोर्ट ‘नेगेटिभ’ आएको हो ।

अहिले सेल्फ् क्वारेन्टाइनमा बसिरहेका उनीहरुको दुवैको स्वाब गत आइतबार काठमाडौं टेकु ल्याइएको थियो ।

|प्रतिकात्मक तस्वीर|

प्रतिक्रिया दिनुहोस्