नेपालगञ्ज क्वारेन्टाइनमा रहेका २३ जनाकै कोरोना रिपोर्ट ‘नेगेटिभ’



१७ चैत्र २०७६, काठमाडौं

बाँकेको नेपालगञ्जस्थित क्वारेन्टाइनमा रहेका १० जनाको स्वाब रिपोर्ट नेगेटिभ आएको छ ।

कोरोना भाइरस संक्रमणको आसंकामा उनीहरुलाई क्वारेन्टाइनमा राखेर उनीहरुको थ्रोड स्वाब परीक्षणका लागि काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ल्याइएको थियो ।

यसअघि चैत १३ गते नेपालगञ्ज क्वारेन्टाइनमै रहेका ६ जनाको स्वाब रिपोर्ट पनि नेगेटिभ आएको थियो । जिल्ला स्वास्थ्य कार्यालयले यसअघि चैत २, ८ र १२ गते पठाएको ७ जनाको स्वाब रिपोर्ट समेत नेगेटिभ आएको थियो ।

बाँकेबाट २३ जनाको थ्रोड स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जनस्वास्थ्य अधिकृत धीरजंग शाहले बताए ।

रिपोर्ट शतप्रतिशत नेगेटिभ आएपछि यसले धेरै राहत मिलेको शाहको भनाइ छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्