चार संक्रमितका निकटस्थमा पनि भेटिएन कोरोना संक्रमण



१७ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस) संक्रमित चार जना बिरामीले भेटेका व्यक्तिहरुमा कोरोना पोजेटिभ नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

चार बिरामीका आफन्त, उनीहरुले भेटेका केही साथीसर्कलको नमूना परीक्षण गरिएको थियो । परीक्षण रिपोर्टमा उनीहरुमा कोरोना नेगेटिभ देखिएको हो ।

हालसम्म जम्मा ९ सय ९३ जनाको परीक्षण भइसकेको छ । आइतबार(हिजो)देखि सोमबार (आज) चार बजेअघि रिपोर्ट आएका ७६ सशंकित बिरामीमा पनि कोरोना देखिएको छैन ।

कोरोनाको शंकास्पदमा ७ जना आइसोलेसनमा छन् । तीन पाटन अस्पताल र चारजना टेकुमा रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमार्फत् जानकारी दिए ।

यसैगरी उपत्यका बाहिर समेत गरी ९३ जना कोरोना संक्रमणको आशंकामा आइसोलेसनमा राखिएका छन् ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्