कोरोना आशंकामा उपचाररत दुई जनाको मृत्यु, रिपोर्ट आउन बाँकी



१७ चैत्र २०७६, काठमाडौं

काठमाडौंको वीर अस्पतालमा उपचारका क्रममा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा एकजना भारतबाट आएका पुरुष र एक महिला छन् । मृत्यु भएका दुई बिरामीलाई कोरोना आशंका गरी उपचाररत थिए ।

मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरी नगरपालिका सतुंगलकी ३४ वर्षीया महिला छन् ।

दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पठाइएको वीर अस्पतालका निर्देशक डा. केदार सेञ्चुरीले बताए ।

उनीहरुको रिपोर्ट भने आएको छैन । निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल भर्ना गरिएको थियो । उनको आज बिहान मृत्यु भएको हो ।

|तस्वीरमा वीर अस्पताल। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्