घरपालुवा जनावरबाट ‘कोरोना’ मानिसमा सर्ने कुनै प्रमाण भेटिएको छैन : विश्व स्वास्थ्य संगठन



१६ चैत्र २०७६, काठमाडौं

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले अहिलेसम्म घरपालुवा जनावरबाट कोरोना भाइरस मानिसमा सर्ने कुनै प्रमाण नभेटिएको जनाएको छ ।

कुकुर, बिरालोलगायत घरपालुवा जनावरमा पनि कारोना संक्रमण भएपनि तिनीहरुबाट मानिसमा सर्ने कुनै प्रमाण नभएको डब्लुएचओको भनाइ छ ।

कोरोना भाइरस मानिसबाट मानिसमा सरिरहेको र संक्रमित मानिसले खोक्दा, हाँछ्यू गर्दा वा बोल्दा निस्कने थुकका छिटाबाट नै सरिरहेको पनि डब्लुएचओले स्पष्ट पारेको छ ।

संक्रमित मानिसले नियमित मास्क लगाउने, खोक्दा हाँछ्यू गर्दा थुकका छिटा बाहिर जान नदिने र सबैले बारम्बार हात धोएर सफा राख्न सकेमा सङ्क्रमण कम हुने डब्ल्यूएचओले जनाएको छ ।

घरपालुवा जनावरबाट सर्ने कि नसर्ने भन्ने कुरामा थप अध्ययन भइरहेको पनि डब्ल्यूएचओले जनाएको छ ।

|तस्वीरमा डब्ल्यूएचओ लोगो। फाइल|

प्रतिक्रिया दिनुहोस्