
१७ चैत्र २०७६, काठमाडौं
कोभिड १९ (कोरोना भाइरस) संक्रमणको आशंकामा पाटन अस्पतालमा भर्ना गरिएका एक बिरामीको मृत्यु भएको छ ।
मृतकको परीक्षण रिपोर्ट भने आउन बाँकी रहेको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक प्रा. डा. विष्णु शर्माले सो अस्पतालमा कोरोनाको आशंकामा तीनजनालाई आइसोलेसनमा राखिएको मात्र बताए ।
३६ वर्षका ती बिरामी भारतबाट गत १४ फागुनमा आएका थिए । उनको आइसीयूमा उपचारकै क्रममा मृत्यु भएको अस्पताल स्रोतले बतायो ।
धादिङ खनियाँबास गाउँपालिका स्थायी घर भएका ती बिरामीको आज दिउँसो ३ बजे रिपोर्ट आएपछि मात्र मृत्युको कारण पुष्टि हुने अस्पतालले जनाएको छ ।
उनका पिताका अनुसार ती बिरामीलाई आइतबार (हिजो) अपराह्न ४ बजे अस्पताल ल्याइएको थियो । १६ वर्षमै भारतीय सेनामा भर्ती भइ १८ वर्षदेखि कार्यरत उनलाई दुई दिनदेखि ज्वरो आएपछि धादिङबाट काठमाडौं पठाइएको थियो ।
|तस्वीरमा पाटन अस्पताल। फाइल तस्वीर|





