
१७ चैत्र २०७६, काठमाडौं
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले बनाएको बुटवल कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएका व्यक्तिको प्रारम्भिक रिपोर्ट ‘नेगेटिभ’ आएको छ ।
मृत्यु भएका व्यक्तिको स्वाब परीक्षणका लागि काठमाडौं ल्याइएको थियो । राष्ट्रिय प्रयोगशालाले ती व्यक्तिको स्वाब परीक्षणका क्रममा प्रारम्भिक रिपोर्ट ‘नेगेटिभ’ आएको जनाएको छ ।
प्रयोगशालाले विस्तृत रिपोर्ट आजै आउने पनि जनाएको छ । गत ८ चैत्रमा यूएईबाट नेपाल आएका सैनामैनाका युवकको आइतबार (हिजो)मृत्यु भएको थियो । रुपन्देही सैनामैना नगरपालिकाका ती युवक यूएईमा ट्याक्सी चलाउने काम गर्थे ।
ज्वरो, श्वासप्रश्वासमा समस्या, घाँटी दुख्नेलगायत समस्या देखिएपछि उनी गत बिहीबार उक्त अस्पतालमा भर्ना भएका थिए ।
|तस्वीरमा बुटबल कोरोना विशेष अस्पताल। फाइल तस्वीर|





