नेपाल लाइफ इन्स्योरेन्सले अनलाइनबाटै अवधि तथा मृत्युदाबी भुक्तानी दिने [भिडिओ]



१६ चैत्र २०७६, काठमाडौं

बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्सले आफ्ना ग्राहकहरुलाई अनलाइनबाटै अवधि भुक्तानी तथा मृत्युदाबी भुक्तानी दिने व्यवस्था मिलाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले आइतबार (आज) आफ्नो ग्राहकका लागि दुई वटा अनलाइन सेवा सार्वजनिक गर्दै यस्तो व्यवस्था मिलाएको हो ।

लाइफले विशेष परिस्थितिलाई मध्यनजर गर्दै आज अनलाइन मेच्युरिटी क्लेम एप्लिकेशन र अनलाइन क्लेम रिर्पोटिङ सिस्टम सेवा सार्वजनिक गरेको हो ।

मेच्युरिटी क्लेम एप्लिकेशनबाट ग्राहकहरुले मेच्युरिटीको डिटेल्स इन्फमेसन् लिन सक्नेछन् । त्यसै गरी बाँकी प्रक्रियाको लागि ग्राहकले पैसा जम्मा गर्न चाहेको बैंकको नाम, आफ्नो खाता नम्बर, बीमितको नाम, खाता भएको बैंका शाखा र सम्पर्क नम्बर लेखेर सब्मीट गरेपछि सम्बन्धीत ठाउँमा पुग्नेछ ।

यसैगरी क्लेम रिर्पोटिङ एप्लिकेशनको लागि पनि पोलिसी नम्बर, पोलिसी होल्डरको नाम दर्ता गर्ने र त्यसपछिका बाँकी प्रक्रिया गर्दै जानुपर्ने बताइएको छ ।

विस्तृत जानकारीका लागि यो लिंक पनि हेर्न सकिने छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्