‘कोरोना संक्रमण’को आशंकामा अस्पताल भर्ना भएका बिरामीको मृत्यु



१६ चैत्र २०७६, काठमाडौं

कोभिड १९ (कोरोना भाइरस)को संक्रमणको आशंकामा रुपन्देहीको बुटवलस्थित बुटवल कोरोना विशेष (अस्थायी) अस्पतालमा भर्ना गरिएका एक व्यक्तिको मृत्यु भएको छ ।

अस्पताल श्रोतका अनुसार क्वारेन्टाइनमा राखिएका सैनामैना नगरपालिका मुर्गियाका ३४ वर्षीया एक जनाको मृत्यु भएको हो । उनी गत १३ चैत्रमा अस्पताल भर्ना भएका थिए ।

उनको स्वाब परीक्षणका लागि बिहान टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । उती गत ८ चैत्रमा वैदेशिक रोजगारीबाट नेपाल आएका थिए । उनी यूएईबाट नेपाल आएका थिए ।

बिरामीको मृत्यु भएपछि अहिले अस्पतालको बैठक बसिरहेको बताइएको छ । बैठकपछि थप जानकारी गराइने भएको छ ।

|फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्