भारतसँगको विभिन्न नाकाबाट भित्रिए २५० जना नेपाली, सबैलाई क्वारेन्टाइनमा राखियो



१६ चैत्र २०७६, काठमाडौं

मुलुक ‘लकडाउन्’ भएपनि भारतसँगको विभिन्न नाकाबाट आइतबार (आज)  मात्र २ सय ५० जना नेपाली नेपाल भित्रिएका छन् ।

उनीहरु सबैलाई सीमा नाकामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार गड्डाचौकी नाकाबाट १ सय ७० जना, अछाममा ५३ जना, काँकरभित्ताबाट ११ जना, कृष्णनगरबाट ३ जना र जोगबनीबाट १३ जना नेपाल प्रवेश गरेका हुन् ।

उनीहरु सबैलाई प्रवेशस्थल नजिकको क्वारेन्टाइनमा राखिएको बताइएको छ । सरकारले चैत ११ गतेबाट १७ गतेसम्मको लागि ‘लकडाउन्’ गरेको छ ।

तर भारतबाट नेपाल आउने नेपाली भने बढेको बढ्यै छन् । देशभरि सेनाले ७ हजार २ सय ३४ जना अट्ने क्वारेन्टाइन निर्माण गरेको छ । जहाँ शनिबारसम्म १ हजार १० जनालाई राखिएको थियो ।

यसबाहेक सेनाले १ सय ९२ आइसीयूसहित २ हजार ९४ आइसोलेसन बेड तयार गरेको छ ।

|तस्वीरमा भारतबाट नेपाली फर्कँदै नेपाली। फाइल तस्वीर|

प्रतिक्रिया दिनुहोस्