दोस्रो र पाँचौं संक्रमित एउटै विमानबाट आएका थिए नेपाल



१५ चैत्र २०७६, काठमाडौं

नेपालमा कोरोना भाइरस संक्रमण भएको दोस्रो र पाँचौ व्यक्ति एकै विमानबाट नेपाल आएको खुलेको छ ।

उनीहरु दुबै जना गत ४ चैत्रमा फ्रान्सबाट कतार हुँदै नेपाल आएको कतार एयरवेजको विमान चढेर आएका थिए ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार कोरोना संक्रमित पाँचौ व्यक्ति बागलुङकी १९ वर्षकी किशोरी हुन् ।

उनी चैत गत ४ चैत्रको दिन कतार एयरवेजको क्यू आर ६५२ उडानबाट आएकी हुन् ।
⇒ नेपालमा थप एकजनामा कोरोनाको संक्रमण : संक्रमितको संख्या ५ पुग्यो
त्यही विमानमा आएकी काठमाडौंकी १९ वर्षकी युवतीमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य मन्त्रालयले गत १० चैत्रमा जानकारी दिएको थियो ।

फ्रान्सबाट कतारसम्म सँगै आएकी भियतनामी साथीमा कोरोना संक्रमण देखिएपछि उनी गत ७ चैत्रमा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल पुगेकी थिइन् ।

त्यसबेला उनको कोरोना संक्रमणको पोजेटिभ रिपोर्ट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्